१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चेल्सीले लेष्टर सिटीलाई हरायो


104
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लेस्टर सिटीलाई हराएको छ ।

शनिबार राति भएको खेलमा चेल्सीले लेस्टरलाई २–१ ले हराएको हो ।

चेल्सीका लागि रहिम स्ट्रर्लिङले दुई गोल गरे भने लेस्टरका लागि हार्भे बर्नेसले एक गोल गरे ।

खेलको ४७ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ६३ औं मिनेटमा स्ट्रर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । त्यसपछि ६६ औं मिनेटमा लेस्टरका बर्नेसले गोल गर्दै खेललाई २–१ मा ल्याए । त्यसपछि थप गोल हुन नसकेपछि चेल्सी २–१ ले विजयी भयो ।

खेलको २८ औं मिनेटमा कोनोर गल्लाघेरले दोहोरो पहेंञलो कार्डसहित रातो कार्ड पाउँदा चेल्सी १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै चेल्सी ४ खेलबाट ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ । पराजित लेस्टर १ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।

प्रिमियर लिगकै अन्य खेलहरुमा म्यान्चेस्टर युनाइटेडले साउथह्याम्पटनलाई १–० ले हराएको छ । यस्तै, ब्राइटनले लिड्स युनाइटेडलाई १–० ले हराउँदा ब्रेन्टफोर्ड र एभर्टनले १–१ गोलको बराबरी खेले ।