७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


पश्चिम तराईमा आज अटवारी पर्व मनाइँदै


221
Shares

काठमाडौं । पश्चिम तराईका थारू समुदायले आज आइतबार अटवारी पर्व मनाउँदैछन् । तीज पर्वको पूर्वसन्ध्यामा पश्चिम तराइका थारू समुदायले यो पर्व मनाउने गर्दछन् ।

शनिबार राति दर खाएर यो पर्व सुरू भएको हो । आइतबार दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाना खाने चलन रहेको छ । रोटीसँगै दही, फलफूललगायतका परिकार अग्नि देवतालाई चढाएर दिदीबहिनीका नाममा तयार पारिएको परिकार परिवारका सदस्यहरू मिलेर खाने चलन रहेको छ ।

थारू समुदायको यो पर्व तीजसँग मिल्दोजुल्दो रहेको छ । चेलीबेटीमा माइतीमा डाकेर खुवाउने मात्रै नभई दाजुभाइले दिदीबहिनीको सौभाग्यका लागि ब्रत समेत बस्ने गर्दछन् । चेलीबेटीहरू माइतीबाट घर गएपछि यो पर्व समापन हुने गर्दछ ।

यो पर्वको पौराणिक कथा पाँच पाण्डव र दाङका थारूराजा दङ्गीशरणको मित्रतासँग जोडिएको छ । सुदूरपश्चिममा आइतबार सार्वजनिक बिदा समेत दिइएको छ ।