
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकैबाट आइतबार बिहान एउटा ट्रक त्रिशुली नदीमा खसेको छ ।
विराटनगरबाट खानेतेल लिएर काठमाडौँ आउदै गरेको ना ५ ख ५९५५ नम्बरको ट्रक गजुरी गाउँपालिका–६ जरेखेतबाट खसेको हो । सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकमा आगलागी भएको छ ।
इलाका प्रहरी कार्यालय गजुरीका अनुसार प्रहरी र आदमघाटस्थित सशस्त्र प्रहरी बलको संयुक्त टोलीले ट्रकमा लागेको आगो नियन्त्रणमा लिएका थिए ।
दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।
प्रतिक्रिया दिनुहोस्