२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राष्ट्रसंघकाे सुरक्षा परिषदमा अफ्रिकाले पनि प्रतिनिधित्व गर्नुपर्ने जापानको जोड


78
Shares

एजेन्सी । जापानले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा अफ्रिकी मुलुक पनि स्थायी सदस्य हुनुपर्ने पक्षमा आवाज उठाएको छ ।

ट्युनिशियाको राजधानी ट्युनिसमा आयोजित ‘टोकियो इन्टरनेसनल कन्फरेन्स अन अफ्रिकन डेभलपमेन्ट’ मा सम्बोधन गर्ने क्रममा जापानका प्रधानमन्त्री फुमियो किशिदाले राष्ट्रसंघकाे सुरक्षा परिषदमा अफ्रिकी मुलुक पनि स्थायी सदस्य हुनुपर्ने धारणा ब्यक्त गर्नुभएको हो ।

आइतबार कोरोना संक्रमित हुुनुभएका उहाँले भिडियो मार्फत सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो। प्रधानमन्त्री किशिदाले सम्बोधनका क्रममा अफ्रिकाको विकासका लागि ३० अर्ब डलर लगानी गर्ने प्रतिवद्धता समेत गर्नुभएकाे छ ।

उहाँले विभिन्न क्षेत्रमा अलग सहायता कार्यक्रमको पनि घोषणा गर्नुभएको थियो । संयुक्त राष्ट्र संघले शान्ति र स्थायित्वका निम्ति प्रभावकारी काम गर्ने हो भने सम्पूर्ण संयुक्त राष्ट्र संघलाई सुरक्षा परिषद सुधार गरेर सबल बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा १५ सदस्य मध्ये ५ स्थायी सदस्य रहेका छन् । ती सदस्य राष्ट्रहरूले मन नपरेको मुद्दामा हुने बहस तथा मतदानमा भिटो लगाउन सक्नेसम्मको अधिकार रहेको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा हाल अमेरिका, रुस, चीन, फ्रान्स र बेलायत गरी ५ जना स्थायी सदस्य रहेका छन् ।

त्यसबाहेक अन्य १० सदस्य भने २ वर्षका लागि चुनिने गरेका छन् ।