२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


लमजुङकाे दोर्दीखोला जलविद्युतबाट बिजुली उत्पादन सुरु


338
Shares

काठमाडाैं । लमजुङमा निर्माण भएको दोर्दीखोला जलविद्युत आयोजनाबाट बिजुली उत्पादन सुरु भएको छ ।

हिमालयन पावर पार्टनर लिमिटेडले निर्माण गरेको उक्त आयोजनाले आइतबारदेखि परीक्षण उत्पादन थालेको हाे । योसँगै राष्ट्रिय ग्रीडमा २७ मेगावाट बिजुली थपिएको छ । साेही आयोजनाबाट उत्पादित विद्युत २ सय २० केभी मर्स्याङ्दी कोरिडोर मार्फत मध्यमर्स्याङ्दी विद्युतगृहको सिउँडीबारको ग्रीडमा जोडिएको कम्पनीले जनाएको छ ।

दुई साता परीक्षण उत्पादन गरेपछि ब्यापारिक उत्पादन थाल्ने पनि कम्पनीले जनाएको छ । विद्युत जोडिने दोर्दी कोरिडोरको निर्माण भने नेपाल विद्युत प्राधिकरणले अहिलेसम्सम पूरा गरेको छैन् । आयोजना सम्पन्न गर्न सुरुमा ४ अर्ब २३ करोड रूपैयाँ लाग्ने अनुमान गरिएकोमा निर्माण अवधि लम्बिएका कारण लागत बढेर करिब ५ अर्ब रुपैयाँ पुगेको जनाइएको छ ।

गैरआवसीय नेपाली संघ (एनआरएनए) ले यस आयोजनामा ३५ दशमलव ७ प्रतिशत लगानी गरेको छ । साथै आइएमई समूहले ३४ दशमल ३ प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत लगानी रहेको छ ।