१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चालु पूँजी व्यवस्थाले मुलुकको उद्योग व्यवसायमा प्रतिकूल असर पर्ने


52
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले राष्ट्र बैंकले भदौ ७ गते सार्वजनिक गरेको चालु पूँजी मार्ग दर्शनको व्यवस्थाले मुलुकको उद्योग व्यवसायमा प्रतिकूल असर पर्ने भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उत्पादनमूलक उद्योग र व्यवसायका लागि चालु पूँजी कर्जाको सीमा निर्धारणमा फरक गरिनु पर्ने महासंघले बताएको हो । उद्योगको प्रकृति अनुसार फरक चालू पूँजी रकम आवश्यक पर्ने हुँदा २ करोड भन्दा बढी चालू पूँजी कर्जाको सीमा निर्धारण गर्दा २५ प्रतिशत मात्र गरिनु अव्यवहारिक देखिएको महासंघको भनाइ छ ।

२५ प्रतिशत कर्जा सीमाले व्यवसाय संचालनमा मात्र नभई उद्योगको क्षमतामा समेत गम्भीर असर पार्ने जिकीर गर्दै महासंघले व्यवसायको प्रकृति अनुसार बैंक स्वयम्ले चालु पूँजी कर्जा निर्धारण गर्न पाउनुु पर्ने माग गरिएको छ ।

चालुु पूँजी कर्जालाई ५ वर्षको आवधिक कर्जा नभई निरन्तर कर्जा नै गरिनुपर्ने पनि महासंघले माग गरेकाे छ ।