१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिजि नेटले ल्यायो सिजिनेट जोडी योजना


2.327k
Shares

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनि सिजि नेटले स्काईकम सँगको सहकार्यमा वहुप्रतिक्षीत आईपीटिभी सेवा सिजिनेट जोडी योजना शुरु गरेको छ ।

ग्राहकको आवश्यकता र मागलाई मध्यनजर गर्दै भरपुर मनोरञ्जन दिलाउने उद्धेश्यले कम्पनीले सिजिनेट मेगा जोडी र सिजिनेट ग्राण्ड जोडी अफरको शुभारम्भ गरेको हो । यो सेवा सञ्चालनमा आएसँगै अव ग्राहकले सिजिनेट र आइपीटिभी दुवै सेवा सञ्चालन गर्न पाउने छन् ।

आइपीटिभी अन्तर्गत २५७ च्यानल उपलब्ध हुने छन् भने ती च्यानल मध्ये १२५ वटा एचडी र १३२ वटा एसडी च्यानल हुनेछन् । ती मध्ये ५० भन्दा बढी मनोरञ्जन च्यानल, १० भन्दा बढी म्युजिक च्यानल, १० भन्दा बढी किड्स च्यानल हुनेछन् । त्यसैगरी १० भन्दा बढी धार्मिक च्यानल, २० भन्दा बढी स्पार्टस च्यानल लगायतका च्यानलहरु हुनेछन् । यस्तै यसमा २० भन्दा बढी स्टार च्यानल, १५ सोनी च्यानल, ५ कलर च्यानल, १० जी नेटवर्क लगायत छन् । सिजिनेटले आफ्ना ग्राहकहरुकालागि न्यून शुल्कमा उच्च गुणस्तरीय क्वालिटी सुनिश्चित गर्दै सिजिनेट जोडी सेवा शुरु गरेको जनाएको छ ।

सिजी नेट जोडी प्याकेज त्रैमासिक र वार्षिक रुपमा उपलब्ध हुनेछन् । ग्राहकले यी जोडी प्याकेजहरु सिजी नेट कार्यालय, सिजी डिजिटल आउटलेट, सिजिनेट वेवसाइट, फोन सम्पर्क वा दराज अनलाइन मार्फत प्राप्त गर्न सक्नेछन् ।

कम्पनिका अनुसार ४० हजार भन्दा बढी ग्राहकले यसअघि नै काठमाडौं उपत्यकाका साथै हेटौडा, वुटवल, भैरहवा, नवलपुर, भरतपुर, रत्ननगर र कावासोती गरी ७ प्रमूख शहरहरुवाट यो सेवा सुनिश्चित गरिसकेका छन् ।