१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


आज हरितालिका तीज, हिन्दु नारीहरु निराहार ब्रत बस्दै

'पशुपतिनाथसहित देशभरका शिवालयहरुमा बिहानैदखि महिला दर्शनार्थीहरुको घुँइचो'

273
Shares

काठमाडौं । आज मंगलबार नेपाली महिलाहरुको महान पर्व तीज । सोमबार दर खाएर बसेका महिलाहरु मंगलबार दिनभर निराहार ब्रत बसेर भगवान महादेवको पूजा आराधना गर्ने गर्दछन् ।

पशुपतिनाथसहित देशभरका शिवालयहरुमा पूजाआजा गर्ने महिलाहरुको बिहानैदेखि भीड लागेको छ ।

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यस पर्वमा महादेवको पूजा आराधना गरिन्छ । ब्रत बसेर शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले पशुपतिनाथ, गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरू भएको पौराणिक मान्यता छ ।

विवाहिता महिलाहरूले अटल सौभाग्य तथा सन्तान प्राप्ति र अविवाहित युवतीहरूले योग्य बरको कामना गर्दै ब्रत बस्ने गर्दछन् ।

पशुपतिनाथ मन्दिरमा मंगलबार बिहान तीन बजेदेखि नै दर्शनार्थीहरुको भीड लागेको छ । दर्शनका लागि विभिन्न दिशाबाट लाइनहरु बनाइएको छ । भक्तजनहरुको सुविधाका लागि पशुपति क्षेत्र विकास कोषको समन्वयमा सयौं सुरक्षाकर्मी तथा स्वयंसेवकहरु खटिएका छन् ।