१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सल्यानमा अटो दुर्घटना हुँदा दुईको मृत्यु, चार घाइते


91
Shares

काठमाडौं । सल्यानको शारदा नगरपालिका–१० नयाँगाउँमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

सोमबार बेलुका नयाँगाउँबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको रा १ ह २२१९ नम्बरको अटो दुर्घटना हुँदा सल्यानको कालिमाटी गाउँपालिका–१ की ७० वर्षीया कमला पुन र ३० वर्षीया धनी पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको हो ।

यस्तै, घाइते भएका अटो चालक सहित ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो अनियन्त्रित भइ सडकबाट अन्दाजी १ सय मिटर तल खसेको अस्थाई प्रहरी पोष्ट खैराबाङ सल्यानले जनाएको छ ।