
काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले पनि अनधिकृत संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ ।
नगरपालिका क्षेत्रभित्र अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरू र नगरका अन्य भित्री सडकहरूमा समेत मापदण्ड विपरित सार्वजनिक बाटो, जग्गा अतिक्रमण गरिएकाले आवागमनमा बाधा पुगेको भन्दै नगरपालिकाले सूचना जारी गरेको हो ।
सडक तथा सार्वजनिक स्थलमा राखिएका निर्माण सामग्रीलगायत अन्य सामग्री पनि हटाउन भनिएको छ ।
आज मंगलबारका मितिले ३५ दिनभित्र अवैध संरचना हटाउने तथा अनधिकृत प्रयोग नरोके कानुन अनुसार कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।
काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउन सुरू गरेपछि त्यसको प्रभाव अन्य नगरपालिकामा पनि देखिन थालेको हो ।
सूचना :

प्रतिक्रिया दिनुहोस्