४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


बिर्तामोड नगरपालिकाबाट तीन विधेयक पास


65
Shares

झापा । झापाको बिर्तामोड नगरपालिकाले तीन विधेयक पास गरेको छ ।

नगरको विशेष नगर सभामार्फत आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०७९, शिक्षासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७९ र नगरको यातायात तथा बसपार्क व्यवस्थापन गर्न बनेको विधेयक २०७९ सर्वसम्मत पास गरेको हो ।

नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०७९ सभामा प्रस्तुत गर्नुभएको थियो । विधेयक समिति संयोजक शर्मिला राजवंशीले शिक्षासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७९ र यातायात व्यवस्थापन विधेयक २०७९ सभामा प्रस्तुत गर्नु भएको थियो ।

विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईंले कानुन आवश्यक भएका कारण विशेष सभाबाट पास गरिएको जानकारी दिनुभयो ।

उहाँले आजैदेखि लागू हुने गरी विधेयक पास भएको बताउनुभयो ।