१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नारायणगढ बुटवल खण्डमा ठेक्का थप


559
Shares

काठमाडौं । नारायणगढ–बुटवल सडकखण्ड विस्तार सकिसक्नु पर्ने अवधिमा जम्मा १८ प्रतिशत मात्रै काम गरेको ठेकेदार कम्पनीलाई सरकारले एक वर्ष थप्ने तयारी गरेको छ ।

१ सय १३ किलोमिटर लामो सडकखण्ड विस्तार गरी चार लेनको बनाउने जिम्मा पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०७९ साउन भित्र काम सक्नु पर्ने थियो । तर, अहिलेसम्म १८.४४ प्रतिशत मात्रै काम सकेको छ । काम बाँकी रहेकाले उक्त कम्पनीलाईनै पुनः ठेक्काको म्याद १ वर्ष थप्ने प्रक्रिया सुरु भएको सडक विभागकले जनाएको छ ।

अर्को ठेक्काको प्रक्रियामा जाँदा समय लाग्ने भएकाले काम गरी रहेको कम्पनीलाई समय थप गर्ने तयारी गरेको बिभागले जनाएको छ । ठेक्काको अवधि सकिएपछि चिनियाँ कम्पनीका ८ जना उच्च अधिकारी नेपाल आएर बाँकी सडक विस्तारको काम एक वर्ष भित्र नै गरिसक्ने प्रतिवद्धता जनाएकाले समय थप्ने तयारी गरीएको हो ।

आगामी बर्खाभन्दा अगाडिसम्म ६० किलोमिटरभन्दा बढी पिचको काम सक्ने प्रतिबद्धता ठेकेदार कम्पनीले जनाएको छ ।