१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


रणवीर प्रहरीसमक्ष हाजिर, २ घन्टासम्म सोधपुछ


2.301k
Shares

एजेन्सी । नग्न फोटोशूटका कारण चर्चामा रहेका बलिउड अभिनेता रणवीर सिंहसँग भारतीय प्रहरीले सोधपुछ गरेको छ ।

रणवीरको उक्त फोटोले सामाजिक सञ्जालमा हलचल मच्चाएको थियो । रणवीर विरुद्ध फोटोको सम्बन्धमा प्रहरीमा उजुरी दर्ता भएको थियो । त्यही उजुरीका वारेमा प्रहरीले उनीसँग सोधपुछ गरेको हो ।

भारतीय संचार माध्यमका अनुसार रणवीर मुम्बई प्रहरीलाई आफ्नो नग्न तस्विरको बारेमा बयान दिंदा एकदम शान्त थिए।रणवीरले सोमबार मुम्बईको चेम्बुर प्रहरी चौकीमा उपस्थित भएर बयान दिएका थिए । रणवीरको नग्न तस्वीरलाई लिएर विवाद सुरु भएदेखि नै उनी आफ्नो कानूनी टोलीको निर्देशनमा मौन बसेका छन् । उनका तस्वीरहरू विवादित भएपछि रणवीरलाई यसबारे मिडियामा कुनै पनि कुरा बोल्न निषेध गरिएको छ । विवादपछि रणवीरलाई फोन र म्यासेजको बाढी आए पनि उनले कानूनी सल्लाहपछि चुप लागेर बस्नु नै उचित ठानेका भारतीय संचार माध्यमहरुको ठम्याई छ । रणवीरका वकिलले उनलाई यस मामिलामा प्रहरीलाई मात्रै बयान दिन सल्लाह दिएका थिए । यसबारे अन्य मिडियासँग कुरा नगर्न उनका वकिलले रणवीरलाई सल्ला दिएका बताइएको छ ।

रणवीरले बयानमा भनेका छन्– ‘ सुटिङको क्रममा मलाई तस्वीरमा यति धेरै हंगामा हुनेछ भन्ने कल्पना थिएन’ । रणवीरले पेपर म्यागजिनको कभर स्टोरीको लागि नग्न फोटोशूट गराएका थिए । यो फोटोसुट गत २१ जुलाईमा इन्टरनेटमा सेयर गरिएको थियो । फोटोसुटमा रणवीर पूर्णरुपमा नग्न देखिएका थिए । त्यसपछि यहंीबाट विवाद सुरु भएको थियो । ती तस्बीरहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए । सुरुमा यी तस्बीरहरूलाई मन पराइयो । तर ट्रोलहरूले रणवीरको खिल्ली उडाए । त्यसपछि यो विषय राजनीतिक बहसको हिस्सा बन्यो । धेरैले रणवीरले अश्लिलता फैलाएको आरोप लगाए भने उनले नग्न फोटोशूट गराएर महिलालाई अपमान गरेको भन्दै प्रहरीमा उजुरी परेको पर्यो ।