२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


इराकमा प्रहरीले चलाएको गोली लागि ८ जनाको मृत्यु, स्थित तनावग्रस्त


663
Shares

काठमाडौं । इराकका धर्मगुरु मौलबी मुक्तदा अल सदरले राजनितीबाट सन्यास लिने घोषणा गरे लगत्तै उनका समर्थकहरुले ब्यापक प्रदर्शन गरेका छन् ।

हजारौंको संख्यामा भेला भएका प्रदर्शनकारीहरुले राष्ट्रपति भवन कब्जामा लिएका छन् । उनीहरुले राष्ट्रपति भवन भित्र रहेको स्वीमीङ पुलमा स्वीम गरेको दृश्य सार्वजनिक भएको छ । प्रदर्शन चर्कदैं गएपछी स्थिती नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागि ८ जनाको मृत्यु भएको छ ।

इराकमा बढ्दै गएको तनावकाबीच कर्फ्यू आदेश जारी गरिएको छ । कर्फ्यूका बीच प्रदर्शन रोक्न अपील गरिएको छ । धर्मगुरु अल सदरका समर्थक र इरान समर्थित आम सर्वसाधारणबीच दाहोरो झडप समेत भएको छ । एकले अर्कालाई ढुंगा प्रहार गर्दा दुबैतर्फ कयौं घाइते भएका छन् ।

यसैबीच इराक स्थित अमेरिकी दुतबासका कर्मचारीलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । इराकमा बिगत १० महिनादेखि राजनीतिक उथलपुथल भइरहेको छ । न त्यहाँ स्थायी रुपमा प्रधानमन्त्री छन न त कुनै मन्त्रीमण्डल नै । धर्मगुरु अल सदरले इराममा दशकौं देखि संघर्ष जारी राख्दै इराकमा ब्याप्त भ्रष्टाचार निर्मुलका लागि अभियान सञ्चालन गर्दै आएका थिए ।

इराकमा गत महिना राजधानी बग्दादमा भेला भएका हजारौं प्रदर्शनकारीहरु संसद भवन भित्र प्रवेश गरी उनको समर्थनमा नाराबाजी गरेका थिए । सदरको पार्टी इराको संसदमा सबैभन्दा ठुलो पार्टी रहंदै आएको छ । उनले राजीनामा दिनुको कारण भने खुलाएका छैनन् ।