
चितवन । चितवनको कान्दाका चेपाङ बालबालिका अध्ययनका लागि काभ्रे आइपुगेका छन् ।
चितवनको राप्ती नगरपालिका १३ स्थित अति विकट कान्दाका बालबालिका माध्यामिक तहको शिक्षाको लागि काभ्रे आइपुगेका हुन् । चौरीदेउराली गाउँपालिका–४ गुमटीस्थित लक्ष्मी प्रतिष्ठानले ५९ बालबालिकाकाका लागि आवासीय व्यवस्था मिलाएको छ ।

प्रतिष्ठानका अध्यक्ष बिष्णु गौतमले बालबालिकालाई शिक्षासँगै स्वावलम्बनका कार्यमा जोड दिने बताउनुभयो । उनीहरुलाई ‘कपाल काट्ने, कृषि उत्पादन, ब्रेड उत्पादन, पशुपालन, टेलरिङ्ग, फर्निचर लगायतका विषयमा तालिम सिकाइने प्रतिष्ठानले जनाएको छ ।
कुमार बलराम स्मृति छात्रावास भित्र पनि बालबालिकाहरुले गोलभेँडा, खुर्सानी, किवी लगायतका तरकारी फलफुल उत्पादन गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्