२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


महानगरले किन गरेन सेन्ट्रल प्लाजालाई कारबाही ?


3.146k
Shares

काठमाडौं । सेन्ट्रल प्लाजाको अन्डरग्राउण्ड हेर्न पुगेको काठमाडौं महानगरपालिकाको टोलीलाई सेन्ट्रल प्लाजा सञ्चालकले स्वीकृत नक्सामा पार्किङ नभएको दावीसहित नक्सा देखाए पछि फर्किएको छ ।

नगर प्रहरी प्रमुख राजु पाण्डेले सेन्ट्रल प्लाजाले देखाएको नक्सा र महानगरको नक्सा विभागमा रहेको सो भवनको नक्सा तुलना गरेर मात्र निर्णयमा पुग्ने बताउनु भयो ।

महानगरपालिकाले नक्सा पास विपरितका संरचनाहरु एक पछि अर्को गरि भत्काउन थालेका छन् ।