
काठमाडौँ । राष्ट्रपति विद्या भण्डारीले नेकपा माओवादी केन्द्रका नेताहरुसँग छलफल गरीरहनुभएको छ ।
राष्ट्रपति भण्डारीले बोलाएपछि माओवादी केन्द्रका नेताहरु शीतल निवासमा पुगेका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नागरिकता विधेयक सुझावसहित फिर्ता पठाएपनि सरकारले पुनः हुबहु पारित गर्ने प्रक्रिया थालेसँगै राष्ट्रपति भण्डारीले विभिन्न दलका नेताहरुसँग छलफल गरिरहनुभएको छ ।
केही दिनअघि मात्र प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका पदाधिकारीले राष्ट्रपति भण्डारीसँग छलफल गरेका थिए । सोही क्रममा आज माओवादी नेताहरुसँग छलफल हुन लागेको छ ।
प्रतिक्रिया दिनुहोस्