
काठमाडौं । सञ्चारकर्मी तथा लेखक बबिता बस्नेतद्वारा लिखित समय साक्षी पुस्तक विमोचन भएको छ ।
विश्वका विभिन्न मुलुकको भ्रमण गर्दा देखेका भोगेका विषय समेटेर तयार पारिएको पुस्तकमा २ सय १२ वटा रचना समेटिएको छ । कृतिमा विशेषगरी समयको महत्वलाई प्राथमिकतामा राखेको स्रष्टाले उल्लेख गर्नुभयो ।
राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयशमशेर राणाले पुस्तकमा लेखिएको भाषाशैली सरल र छोटो स्मरणमा धेरै जानकारी गराउन सफल रहेको बताउनुभयो ।
कृतिमाथि समालोचना गर्दै साहित्यकार भुवन ढुङ्गानाले विदेश भ्रमणमा तयार पारिएको यात्रा संस्करणको विषयमा व्यक्त भावना साहित्य र पूरातात्विक दृष्टिले अपुरो रहेको टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्