१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फिल्म ‘दुई नम्बरी’को पहिलो गीत सार्वजनिक


325
Shares

काठमाडौं । अभिनेता सौगात मल्ल र दयाहाङ राई अभिनित फिल्म ‘दुई नम्बरी’को पहिलो गीत बुधबार सार्वजनिक भएको छ ।

असोज २१ गतेबाट प्रदर्शनमा आउन लागेको उक्त फिल्म को ‘झलल आयो तिम्रो याद’ बोलको रोमान्टिक गीतमा सौगात र अभिनेत्री उपासनासिंह ठकुरी फिचर्ड छन् । मेलिना राई र जयन जे. वाइवाको स्वर रहेको यस गीतमा गायक वाइवाकै शब्द तथा संगीत रहेको छ ।

निर्देशक दीपेन्द्र लामा निर्देशित यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी र बुद्धि तामाङ लगायतको अभिनय रहेको छ । फिल्ममा दुई साथीको मित्रताको कथालाई प्रस्तुत गरिएको छ । भुटानी अभिनेत्री उगेनको यो डेब्यु नेपाली फिल्म हो । फिल्ममा दयाहाङ र उगेन तथा सौगात र उपासनाको जोडी बाँधिएको छ ।

दीपक मनाङे, अमलादेवी राई र जयश श्रेष्ठ फिल्मका निर्माता रहेका छन् ।