
काठमाडौं । कैलालीमा डेंगुको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको डेंगुबाट मृत्यु भएको हो ।
निसर्ग अस्पतालमा उपचारका क्रममा उनको मंगलबार मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।
तर बुधबार मात्रै उनको मृत्युको कारण डेंगु भएको निष्कर्ष निकालिएको हो ।
कैलालीमा केही साता यता डेंगुका बिरामीको संख्या ह्वात्तै बढेको छ ।
स्वास्थ्यकर्मीहरुले डेंगु संक्रमणबाट बच्न विभिन्न उपायहरू अवलम्वन गर्न अपिल गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्