१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अभिनेत्री अमिषा पटेललाई २.५ करोड ठगी गरेको आरोप


286
Shares

एजेन्सी । बलिउड अभिनेत्री अमिषा पटेल २.५ करोड ठगी गरेको आरोप लागेको थियो । यस मुद्दा विरुद्धमा सर्वोच्च अदालतले अन्तिम रोक लगाएको छ ।

निर्माता अजय कुमार सिंहले अमिषाविरुद्ध उजुरी दिएका थिए । अजयले ‘देसी म्याजिक’ नामक फिल्म बनाउन अमिषाको बैंक खातामा २.५ करोड रुपैयाँ ट्रान्सफर गरेको उजुरीमा उल्लेख छ । तर, अमिषाले न त फिल्मको निर्माणको काम सुरु गरिन् न निर्माताको पैसा फिर्ता गरिन् ।

झारखण्ड ट्रायल कोर्टले अमिषाविरुद्ध धोखाधडी र विश्वास तोडेको आरोपमा समन जारी गरेको थियो । यसपछि अमिषाले सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन् । अब न्यायाधीश बीआर गवई र पीएस नरसिम्हाको इजलासले झारखण्ड सरकारलाई यस सम्बन्धमा नोटिस पठाएका छन् । तर सर्वोच्च अदालतले निगोसिएबल इन्स्ट्रुमेन्ट ऐनको दफा १३८ (चेक बाउन्स) बमोजिम सजाय हुने कसुरमा कानुनबमोजिम कारबाही अघि बढाउनुपर्ने ठहर गरेको छ ।

झारखण्ड उच्च अदालतले अमिषा विरुद्ध ट्रायल कोर्टमा चलिरहेको मुद्दालाई खारेज गर्ने मागलाई अस्वीकार गरेको थियो । अदालतमा बसेको वकिलहरूको इजालसले चेक बाउन्सको मुद्दा दण्डनीय अपराध भएकाले यसलाई कानून बमोजिम अगाडि बढाउने बताएका छन् ।