
फाइल तस्विर
काठमाडौं । सुदूरपश्चिमको मौलिक पर्व गौरा आज बिहीबारदेखि सुरू भएको छ ।
भाद्र शुक्लपक्ष पञ्चमीदेखि सुरू हुने पर्वको पहिलो दिन बिहीबार घर-घरमा बिरुडा राख्ने गरिन्छ । तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सिँगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौं, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा राख्ने चलन छ ।
गौरादेवीको पूजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ । एक महिना अगाडिदेखि नै शुद्ध शाकाहार र बह्मचर्यको पालना गरी बिरुडा पञ्चमीको दिन महिलाले मास, कलौं, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाडामा भिजाउने गर्दछन् ।
यही भदौ १८ गते गौरा पर्वको मूख्य दिन हो ।
गौरा पर्व विशेष गरेर सुदूरपश्चिम, मध्यपश्चिमका केही जिल्लाहरु र कुमाउँमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो ।
प्रतिक्रिया दिनुहोस्