१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


जापानका कुख्यात ठग हिकारु पक्राउ


2.717k
Shares

एजेन्सी । जापानका कुख्यात ठग घानामा पक्राउ परेका छन् ।

ठगीको नाइके मानिने ५८ वर्षीय हिकारु मोरीकावालाई इन्टरपोलको सहयोगमा घानामा पक्राउ गरिएको हो । उनीमाथि दर्जनौं व्यक्तिसँग करिब २९ लाख अमेरिकी डलर ठगी गरेको अभियोग लगाइएको छ ।

घाना प्रहरी सेवाले इन्टरपोेल टोक्योको अनुरोधमा ५८ वर्षीय मोरीकावालाई अदालतमा पेश गरेर सम्बन्धित मुलुकलाई प्रत्यर्पण नगर्ने बेलासम्म हिरासतमा राख्ने अनुमति दिएको छ ।

मोरिकावाको समूहमा रहेका उनका मतियारहरूले आफूहरू विदेशमा कार्यरत भएको बहाना गर्दै डेटिङ एपमा फसाइएका महिला तथा पुरुषबाट विभिन्न कारण देखाएर रकम असुल्दै आएका थिए ।

अहिलेसम्म ६५ जनालाई ठग्न सफल सोही गिरोहका नाइकेले सन् २०१९ मा आफू यमनमा काम गर्ने जापानी महिला डाक्टर भएको बताउँदै ६० वर्षीय पुरुषबाट ८ हजार ३ सय डलर ठगेको ओसोकाे प्रहरीले जनाएको छ ।