६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


नागरिकता विधेयकलाई यथास्थितिमा पारित गर्दा नकारात्मक असर पर्छ : भट्ट


507
Shares

काठमाडौं । राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले नागरिकता विधेयकलाई यथास्थितिमा पारित गर्दा दीर्घकालिन नकारात्मक असर पर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता विधेयक, २०७९ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै उहाँले विधेयकमा धेरै कमिकमजोरी रहेको बताउनुभयो ।

राष्ट्रियसभा सदस्य इन्दु कडरियाले नागरिकता विधेयकलाई रोक्नु नहुने तर धेरै बुँदाहरुलाई सच्याएर मात्रै पारित गर्नुपर्ने बताउनुभयो । उहाँले यस विधेयकमा सरकार संवेदनशील हुन नसकेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय सभा सदस्य विमला घिमिरेले राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सुझावलाई समेटेर नागरिकता विधेयक पारित गर्नुपर्ने बताउनुभयो । सांसद डा.विमला राई पौड्यालले राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक जस्ताको त्यस्तै संसदबाट पास गर्नु राष्ट्राध्यक्षलाई अपमान गरेको महशुस भएको बताउनुभयो ।

राष्ट्राध्यक्ष विद्यादेवी भण्डारी नभएर संस्था भएकाले सरकारले राष्ट्रपतिको अपमान गरेको आफूले ठानेको उहाँको निष्कर्ष छ। सांसद देवेन्द्र दाहालले नागरिकता सम्बन्धी विधेयकलाई सहमतिको आधारमा पारित गर्नुपर्ने बताउनुभयो ।