१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


साफ यू–१७ पुरुष च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाई


156
Shares

काठमाडौं । श्रीलंकामा आयोजना हुने साफ यू–१७ पुरुष च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाई गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले श्रीलंका जाने नेपाली टोलीलाई बिदाई गरेको हो । टोलीलाई एन्फाका अध्यक्ष पंकज नेम्वाङ, राष्ट्रिय खेलकुद परिषद् उपाध्यक्ष शिव कोइराला लगायत एन्फा पदाधिकारीले बिदाई गरे । नेपाली टोली भोली श्रीलंका प्रस्थान गर्ने छ ।

प्रतियोगिताका लागि यू–१७ टोलीको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २३ सदस्सीय टोलीको घोषणा गरिसकेका छन् । साफ यू–१७ को पहिलो खेलमा नेपालले भुटानको सामना गर्नेछ । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत र भुटान रहेका छन ।

नेपालले भुटानसँग सेप्टेम्बर ७ मा प्रतिस्पर्धा गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा भारतसँग सेप्टेम्बर ९ मा खेल्नेछ । समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेका छन् ।

समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल सेप्टेम्बर १४ मा हुनेछ ।