२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


सत्ता गठबन्धनमा अझै मिलेन कुरा

'कांग्रेसलाई गलाएर बढी भाग लिने दाउमा बामपन्थी दलहरु'

585
Shares

काठमाडौं । सत्ता गठबन्धनमा आगामी चुनावको सीट बाँडफाँड जटिल बन्दै गएको छ ।

बिहीबार ११ घण्टासम्म चलेको छलफल पनि कुनै निष्कर्षमा पुग्न सकेन । एक सय सिटबाट तल नझर्ने अडानमा रहेको नेपाली कांग्रेस ९० सीटमा चित्त बुझाउन तयार हुँदा पनि बामपन्थी पार्टीहरुले अडान नछाडेपछि निष्कर्षमा पुग्न नसकेको बुझिएको छ ।

बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्मानजनक र न्यायोचित ढंगले बाँडफाँड गर्ने कोशिस भईरहेको भन्दै दुई तीन दिनभित्र एउटा निष्कर्षमा पुगिने दाबी गर्नुभयो ।

कार्कीले सिट संख्याको बारेमा भने केही बताउनु भएन । बैठकमा सहभागी कांग्रेस नेताहरुका अनुसार कांग्रेसले ९० सिटलाई बटमलाइन भनेको छ । तर माओवादी, एकीकृत समाजवादीलगायत दल भने कांग्रेसलाई ८५ सिट भन्दा बढी नदिने अडानमा रहेका छन् ।