२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


नेपाल र केन्याबीचको एक दिवसिय क्रिकेट श्रृंखला आजबाट सुरू हुँदै


2.379k
Shares

काठमाडौं । नेपाल र केन्याबीचको एक दिवसिय क्रिकेट श्रृंखला आजबाट सुरू हुँदैछ ।

केन्याको राजधानी नैरोबीमा नेपाली समय अनुसार आज दिउँसो पौने १ बजे खेल सुरू हुनेछ ।

केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी श्रृंखला ३–२ ले जितेको नेपाल ओडिआई श्रृंखलामा पनि घरेलु टोलीलाई निराश पार्न चाहन्छ ।

केन्या पनि आफ्नै भूमिमा टी–ट्वान्टी श्रृंखलामा नेपालसँग भोगेको हारको एक दिवसिय श्रृंखलामार्फत बदला लिने दाउमा रहेको छ ।

नेपालले केन्यासँग तीन खेलको एक दिवसिय श्रृंखला खेल्न लागेको हो । श्रृंखलाको दोस्रो खेल भोलि शनिबार तथा तेस्रो खेल आगामी सोमबार हुनेछ ।