
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन दलहरुमा सन्तुलन मिल्ने गरी चुनावी सिट बाँडफाँट हुने बताउनुभएको छ ।
माओवादी पार्टीको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न सुर्खेत पुग्नुभएका प्रचण्डले प्रदेश र क्षेत्र पनि टुंग्याउने गरी छलफल भइरहेको भन्दै कुन–कुन प्रदेशका कुन–कुन क्षेत्र कसले पाउने भन्ने पनि टुंग्याउने दाबी गर्नुभयो ।
बाँडफाँटबारे शुक्रबार पनि बालुवाटारमा थप छलफल हुने भन्दै उहाँले गठबन्धनभित्र कुनै पनि मतभेद नरहेको जिकीर पनि गर्नुभयो ।
अघिल्लो चुनावमा कर्णालीमा गरेको त्रुटी अहिले माओवादीले नगर्ने भन्दै प्रचण्डले कर्णालीमा माओवादीकै नेतृत्वमा सरकार बनाउने स्थिति ल्याउने उद्घोष गर्नुभयो ।
एमालेसँग अहिले तत्काल सहकार्यको सम्भावना नरहेको तर नेकपा एकीकृत समाजवादीसँग भने पार्टी एकताकै पहल भईरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्