
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयोजक पदमा प्रकाश बगाले (जेपी) लाई मनोनयन गर्नुभएको छ ।
राप्रपाको विधान बमोजिम बगालेलाई अध्यक्ष लिङदेनले विद्यार्थी संगठनको संयोजक तोक्नु भएको हो ।
बगाले नेतृत्वको नयाँ कार्यसमितिलाई २०७९ असोज मसान्तसम्म संगठनको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी प्रदान गरिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्