२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


निजी क्षेत्रले पर्यटन प्रचारप्रसार जोड दिन सचिव अधिकारीको आग्रह


52
Shares

काठमाडौं । पर्यटन सचिव सुरेश अधिकारीले पर्यटन क्षेत्रको विकासको लागि निजी क्षेत्रले पर्यटन बजारको बढावा र प्रचारप्रसार गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का नवनिर्वाचित कार्यसमितिको शपथग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रममा अधिकारीले सरकारले पर्यटन क्षेत्रमा हुने गतिविधिमा निजी क्षेत्रलाई बाहिर राखेर काम नगर्ने स्पष्ट पार्नुभयो ।

सचिव अधिकारीले राष्ट्रिय अर्थतन्त्रमा ५५ प्रतिशत योगदान गर्ने निजी क्षेत्रलाई बाहिर राखेर सरकार अगाडि बढ्न नसक्ने बताउनु भयो ।

त्यस्तै, टानका नवनिर्वाचित अध्यक्ष नीलहरि बास्तोलाले ट्रेकिङ व्यवसायीहरुले दिएको मत घात नगरी दुई वर्षमा सार्वजनिक प्रतिवद्धता पूरा गर्ने विश्वास दिलाउनुभयो ।