१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


महिला साफको तयारी पूरा


104
Shares

काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

दक्षिण एशियाली फुटबल संघ (साफ) को कार्यक्रम अनुसार एन्फाको आयोजनामा दशरथ रंगशालामा आयोजना हुने लागेको च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको एन्फाले जनाएको हो । च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म दशरथ रंगशालामा हुँदैछ । प्रतियोगिताका संयोजक तथा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले यस प्रतियोगिताको तयारी पूरा भएको र नेपालमा आयोजना हुन लागेको प्रतियोगिताले महिला फुटबलको रौनक बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

दक्षिण एशियाका सातै देशले सहभागिता जनाउन लागेको प्रतियोगितालाई साफले दुई समूहमा विभाजन गरी लिगकम नकआउटको आधारमा खेलाउँदै छ । प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरी सात राष्ट्रले प्रतिष्पर्धा गर्नेछन् । समूह ‘ए’ मा नेपाल, श्रीलंका र भुटान छन् । समूह ‘बी’ मा भारत, बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन् । प्रत्येक समूहबाट अंकको आधारमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रतियोगिता सञ्चालनका एन्फाले झन्डै साढे तीन करोड रुपैयाँ लाग्ने अुनमान गरेको छ । एन्फालाई साफले २ लाख ५० अमेरिकी डलर सहयोग गर्ने संयोजक खड्काले जानकारी दिनुभयो । एन्फाले प्रतियोगिता टेलिभिजन ब्रोडकाष्टिङ, डिजिटल मार्केटिङ र टिकेटिङको अधिकार हन्ड्रेड स्पोटर््सलाई ६२ लाख रुपैयाँमा बिक्री गरेको छ ।

प्रतियोगिताका लागि भुटान र पाकिस्तानको टिम नेपाल आइसकेको छ । बाँकी टिम ४ सेप्टेम्बरसम्म काठमाडौं आइपुग्ने संयोजक खड्काले जानकारी दिनुभयो । प्रतियोगिताका लागि साधारण प्यारापिटतर्फको टिकट दर ३०० र भीआईपीतर्फको प्यारापिटतर्फको टिकट दर ५०० रुपौयाँ तोकिएको छ ।

प्रतियोगिताका लागि नेपाली महिला फुटबल टोलीको अन्तिम नामावली सार्वजनिक भइसकेको छ ।