१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


अवैध पैठारी रोक्न माग गर्दै प्रजिअलाई ज्ञापन पत्र


143
Shares

बर्दिया । घरायसी सामानका नाममा एकै व्यक्तिले दिनहु १० औं पटक निर्बाध रुपमा दैनिक उपभोग्य सामग्रि पैठारी गर्ने गरेकाले नेपाली बजार प्रत्यक्ष मारमा परेको भन्दै जिल्ला उधोग बाणिज्य संघ बर्दियाले प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलालाई ज्ञापन पत्र बुझाएको छ ।

जिल्लाको सिमावर्ती बजारको व्यवसायलाई मध्यनजर गर्दै खुल्ला सिमा तथा सस्तोको नाममा अखाद्य बस्तुको निर्बाध पैठारी रोक्न मागगर्दै प्रजिअ बास्तोलालाई ज्ञापन पत्र बुझाइएको जिल्ला उधोग बाणिज्य संघका संयोजक देबेन्द्र पान्डेले बताउनु भयो ।

ज्ञापन पत्रमा भारतीय खुल्ला सिमाना भएकाले सस्तो मुल्यको लोभमा दिनहुुँ हजारौंको संख्यामा नेपाली उपभोक्ताले भारतिय बजारबाट अखाद्य बस्तुहरु पैठारि गर्दै राजस्व छली गर्ने गरेकाले लौकही नाकामा छोटि भन्सार स्थापना गर्न मागगरिएको छ ।

उधोग बाणिज्य संघले भारतीय बजारको निर्बाध पैठारी बारे पटक-पटक ध्यानाकर्षण गरे पनि राजनीतिक दल प्रशासनले उपेक्षा गरेकाले समग्र निजि क्षेत्र आक्रान्त बनेकाले यस तर्फ सम्बन्धित निकायले यथासिघ्र पहल गरिदिन ज्ञापन पत्रमा माग गरिएको छ।

आफुहरुका मागको अभिलम्ब पूरा नगरे क्रमश बजार बन्द गर्दै चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी समेत ज्ञापन पत्रमा उल्लेख छ । ज्ञापन पत्र बुझ्दै प्रजिअ बास्तोलाले अवैध पैठारीमा संलग्न गिरोह भए खबर गर्न भन्दै यस विषयमा माथिल्लो निकायमा जानकारी गराई यथोचित पहल गर्ने आश्वासन दिनुभयो ।

पछिल्लो समय बर्दिया जिल्लामा घुमन्ते ब्यापारका नाममा लाखौंको सामान ल्याएर गोदाममा राख्नुका साथै साइकलमा घुमन्ते व्यापार गरेर राजस्व छली गर्नेको बिगबिगी बढेको ठाकुर बाबा उधोग बाणिज्य संघ भुरिगाउका अध्यक्ष गोबिन्द प्रसाद आचार्यले दुखेसो गर्नुभयो ।