
काठमाडौं । जर्मनीको म्युनिखमा नेपाली लोक गायक/गायिकाले प्रवासीहरूलाई नेपाली गीत संगीतको आनन्द दिएका छन् ।
पार्बती जिसि, चोलेन्द्र पौडेल र तुलसी क्षेत्रीले प्रवासीहरूले नेपाली गीतसंगीतको आनन्द दिएका हुन् । कार्यक्रममा बिजिता अर्याल लगायतका स्थानीय कलाकारहरुले नेपाली पोसाकमा सजिएर कलाकारले नृत्य समेत गरेका थिए ।
कोभिड लकडाउनले गर्दा नेपाली कला संस्कृति र संगीत क्षेत्र ओझेल परेको थियो । आज निकै समयपछि हिमालयन परिवारले गरेको कार्यक्रमले प्रवासी नेपालीहरू उत्साहित र खुसी भएका थिए ।
नेपालीका यस्ता कार्यक्रमले आफूहरूलाई सधैंभरि उत्साहित बनाएको समाजसेवि बासु अर्यालले बताए ।
हिमालयन परिवारका अध्यक्ष साजन श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
उनले नेपाली नेपालीबीचको भावनात्मक एकताका लागि खास गरेर विदेशमा रहेका नेपालीहरुद्वारा गरिने यस्ता कार्यक्रम बढी प्रभावकारी हुने बताए ।
आगामी दिनमा पनि यस्ता मनोरञ्जनात्मक कार्यक्रम गरिने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्