१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


निर्देशक विवेकले उडाए अयान मुखर्जीको खिल्ली


208
Shares

एजेन्सी । ‘द कश्मीर फाइल्स’ का निर्देशक विवेक अग्निहोत्रीले अर्का निर्देशक अयान मुखर्जीको खिल्ली उडाएका छन् ।

हालै एक अन्तर्वार्ताका क्रममा विवेकले अयानको खिल्ली उडाउँदै भने, ‘के ‘ब्रह्मास्त्र’ फिल्मको निर्देशकलाई ‘ब्रह्मास्त्र’ शब्दको अर्थ पनि थाहा छ ? त्यसपछि उनी अस्त्र वर्स कुरा गर्छन्, र भन्छन्, ‘यसको अर्थ के हो । ब्रह्मास्त्र शब्द ठीकसँग उच्चारण गर्न नसक्नेलाई यो फिल्मको प्रचारका लागि पठाइएको छ ।’

उनले कुरालाई सच्याउँदै भने, ‘उहाँ एक अद्भुत निर्देशक हुनुहुन्छ । मलाई उहाँको वेक अप सिड र अन्य धेरै फिल्महरू मन परेको छ । मलाई आशा छ, उनले यसपटक पनि उत्कृष्ट फिल्म बनाउनेछन् । आमालाई आफ्ना छोराछोरीको चिन्ता भएझैं मलाई पनि चिन्ता लागेको छ । म फिल्मलाई लिएर धेरै चिन्तित छु ।’

विवेक यहीँ रोकिएनन्, उनले अन्तर्वार्ताका क्रममा फिल्म निर्माता करण जोहरमाथि पनि आरोप लगाएका छन् । उनले भने, ‘करण लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको बारेमा कुरा गर्छन्, र यसको मजाक उडाउछन् । करणका फिल्महरूमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको खिल्ली उडाएको स्पष्ट देखिन्छ ।’