१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


अर्थतन्त्रमा सहजता देखिन थाल्याे: गभर्नर अधिकारी


19.123k
Shares

काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा गत मंसिर यता भने सहजता देखिन थालेको बताउनुभएकाे छ ।

तर जोखिम कम नभएको भन्दै गभर्नर अधिकारीले राष्ट्र बैंकले सजगता भने नहटाएको बताउनुभएकाे हाे । शनिबार नेपाल आर्थिक पत्रकार समाज सेजनको २४औं वार्षिक साधारणसभामा बोल्दै उहाँले सोही अनुसार आयातमा केही वस्तुको कडाई कायम रहेको बताउनुभयो ।

बाह्य क्षेत्रमा जोखिम कम नभएको अवस्था सामान्य बनेसँगै आयात पूर्णतया खुला हुने उहाँले बताउनुभयो । पेट्रोलियम पदार्थको मूल्य विश्वव्यापी रुपमा बढ्दा संसार भरका अर्थमन्त्री र गभर्नर दबावमा परेकाे उहाँले बताउनुभयाे ।

नेपालमा समेत मूल्यको दबाव यथावत रहेको उहाँको तर्क छ ।