१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नोरालाई मुद्रा अपचलन प्रकरणमा प्रहरीले साेध्याे ६ घण्टामा ५० प्रश्न


3.432k
Shares

एजेन्सी । अभिनेत्री नोरा फतेहीलाई ठग सुकेश चन्द्रशेखरको मुद्रा अपचलन (मनी लान्ड्रिङ) मुद्दामा शुक्रबार दिल्ली प्रहरीले पहिलो पटक सोधपुछ गरेको छ।

दिल्ली प्रहरीले उनलाई ६ घण्टामा करिब ५० वटा प्रश्न सोधेको हाे । सुकेशबाट उपहार कहिले लिनुभयो ? उसलाई कहाँ भेट्नुभयो ? जस्ता प्रश्नहरु समावेश गरिएका थिए । यस मुद्दामा प्रर्वतन निर्देशन (ईडी) ले अभिनेत्रीसँग यसअघि पनि ३ पटकसम्म सोधपुछ गरिसकेको छ ।

दिल्ली प्रहरीको पश्नमा नोराले भनिन्, ‘मैले सुकेशकी श्रीमतीलाई नेल आर्ट समारोहमा भेटें । त्यहीँ उनले मलाई बीएमडब्ल्यू कार उपहार दिएकी हुन् । मलाई उनीहरू दुवैको अपराधिक इतिहासको बारेमा थाहा थिएन्।’

साथै नोराले साेही मुद्दामा आरोपी बनेकी ज्याकलिन फर्नान्डिजसँग आफ्नो कुनै सम्बन्ध नभएको बताएकी छन् । अर्कोतर्फ ज्याकलिनलाई यहि सेप्टेम्बर १२ मा सोधपुछका लागि दिल्ली प्रहरीले बोलाएको छ । दिल्ली प्रहरी र ईडीले यस विषयमा अनुसन्धान गरिरहेको छन् ।

सुकेश चन्द्रशेखरमाथि २ सय करोड रुपैयाँ ठगीको आरोप समेत लागेको थियाे ।