१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपालले केन्यालाई दियो २३१ रनको लक्ष्य


429
Shares

काठमाडौँ । जारी एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले केन्यालाई २३१ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको नेपालले केन्यालाई २३१ रनको लक्ष्य दिएको हो । नेपालले ४९.२ ओभरमा अल आउट हुदै २३० रन बनाएको हो । खेलमा कप्तान रोहित पौडेलले सर्बाधिक ७८ रन बनाएका थिए ।

त्यस्तै देव खनालले ३७ रन बनाए भने सोमपाल कामीले २६, ज्ञानेन्द्र मल्लले २५, बसित अहमदले १७, आदील अन्सारीले १४, करण केसीले ११ रन बनाएका थिए । त्यस्तै अर्जुन साउदले ५, दिपेन्द्र सिंह ऐरी र पवन सराफले २/२ रन बनाएका थिए ।

त्यस्तै केन्याका बलरनेहेमीआह ओढीआम्बो, भिराज पटेल र शेम एंगोचेले २/२ विकेट लिएका थिए ।