
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ सय जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३७ जनाको नमूना परीक्षण गरिएको थियो ।
१ हजार ३ सय ८१ जनाको पीसीआर र २ हजार १ सय ५६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ सय जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
शनिबार ३ सय ३९ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर २ हजार ६ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्