२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नामको टुङ्गो नै नलगाइ प्रदेश १ को पहिलो प्रदेशसभाको कार्यकाल सकियो


65
Shares

विराटनगर ।  प्रदेश १ को पहिलो प्रदेशसभाको कार्यकाल सकिएको छ ।

शनिबार अन्तिम बैठक बसेर प्रदेशसभा सदस्यहरुले सामूहिक तस्वीर खिचाएर विदा भए । नयाँ संविधानअनुसार बसेको प्रदेशसभाको पहिलो बैठक २२ माघ २०७४ मा बसेको थियो । ५ वर्षको यो अवधीमा प्रदेशसभाको ३१२ वटा बैठक बस्यो । तीन वटा प्रदेश सरकार बन्यो ।

३ फागुन २०७४ मा नेकपा एमालेका प्रदेशसभा सदस्य शेरधन राई मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । दुई तिहाई बहुमतसहित मुख्यमन्त्री नियुक्त हुनुभएका उहाँले तत्कालीन नेकपा विभाजनसँगै १० भदौ २०७८ मा राजीनामा दिनुभयो ।

त्यही दिन एमालेकै भीम आचार्य मुख्यमन्त्री बन्नुभयो । तर विश्वासको मत नपाउने अवस्था आएपछि आचार्यले १५ कात्तिक २०७८ मा मुख्यमन्त्रीबाट राजीनामा दिनुभयो ।

१६ मंसिर २०७८ मा पाँचदलीय गठबन्धनको तर्फबाट राजेन्द्र राई मुख्यमन्त्री बन्नुभयो । ५ वर्षको अवधिमा प्रदेशसभाले ६२ वटा कानुन बनाएको छ ।