
फाइल तस्बिर
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नजिकिँदो निर्वाचनलाई लिएर कांग्रेसको दम्भ बढ्दै गएको आरोप लगाउनुभएको छ ।
शनिबार विराटनगरमा आयोजित पेसागत महासंघको जिल्लास्तरीय भेलाका क्रममा अध्यक्ष नेपालले कांग्रेस नेतृत्वमा देखिएको अहंकारका कारण उम्मेदवारीको दलीय भागवण्डामा टुङ्गो लाग्न नसकेको बताउनुभयो ।
नेपाली कांग्रेसकै अहंकारका कारण सिट बाँडफाँड टुंगो लाग्न नसकेको उहाँको भनाई छ । अघिल्लो निर्वाचनमा २३ सिट मात्रै जितेको कांग्रेसले अब त्यसको तीन गुणासम्म मात्र दावी गर्न सक्ने अध्यक्ष नेपालको तर्क छ ।
सिट बाँडफाँडका लागि छलफल भइरहेको भन्दै उहाँले कांग्रेसमा देखिएको दम्भ र अहङ्कारका कारण छलफल सार्थक नभएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्