१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


अमेरिकामा चोरीको विमान क्र्यास गराउने पाइलटकाे धम्कीले हैरान


8.58k
Shares

काठमाडौं । अमेरिकामा एक जना पाइलटले चोरीको विमान वालमार्टमा क्र्यास गराउने धम्की दिंदा अमेरिकी अधिकारीहरु लामो समय हैरान भएका छन् ।

मिसिसिपी राज्यमा शनिबार बिहान ८ बजे नै चोरीको विमान उडाएका ती पाइलटले वालमार्ट स्टोरमा क्र्यास गराउने धम्की दिएका हुन् । बिहान ८ बजेदेखि नै बिचक्राफ्ट किङ ९० विमानले मिसिसिपीमा रहेको वालमार्ट स्टोरमाथि फन्का लगाईरहेको थियो । अधिकारीहरुले निरन्तर सम्पर्क गर्दा पनि पाइलटले सुरक्षित अवतरणका लागि अस्वीकार गरेका थिए ।

वालमार्ट स्टोर र वरपरको क्षेत्र पूर्ण रुपमा खाली गराइएको थियो । सर्वसाधारणलाई सचेत रहन भनिएको थियो । सुरक्षा अधिकारीहरु र उड्डयन अधिकारीहरुले निरन्तर उडेको विमानको रुट पछ्याईरहनु बाहेक अरु कुनै उपाय नभएको बताएका थिए ।

तर विमानको इन्धन सकिएपछि पाइलट आफैंले खुला चौरमा विमानलाई क्र्यासल्याण्ड गराएका थिए । क्र्यासल्याण्ड गराए पनि विमानमा आगो नलागेको र उनलाई तत्काल पक्राउ गरिएको मिसिसिपीको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका पाइलटमाथि अनुसन्धान थालिएको अमेरिकाकाे गृहमन्त्रालयले जनाएको छ ।