
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ अवस्थित छ ।
आज (आइतबार) बिहान प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली भएको छ । साथै बाँकी प्रदेशमा भने आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, बागमती प्रदेश र अन्य प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशहरूका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, प्रदेश-१ का केही स्थानमा मेघगर्जन-चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
आइतबार राति भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बाँकी प्रदेशमा आंशिक बदली हुनेछ। त्यस्तै, प्रदेश-१, मधेश प्रदेश, गण्डकी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्