२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


चेल्सी र टोटनह्याम विजयी, म्यान्चेस्टर सिटी एस्टन भिल्लासँग बराबरीमा रोकियो


117
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति भएका खेलमा चेल्सी र टोटनह्याम हट्सपर विजयी भएका छन् भने म्यान्चेस्टर सिटी एस्टन भिल्लासँग बराबरीमा रोकिएको छ ।

चेल्सीको मैदानमा भएको खेलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई २–१ ले हराएको हो ।

खेलमा वेष्ट ह्यामका मिचेल एन्टोनियोले ६३ औं मिनेटमा पहिलो गोल गरेका थिए । तर, चेल्सीका बेन चिलवेलले ७६ औं मिनेटमा र काइ हाभर्ट्जले ८८ औं मिनेटमा गोल गर्दै टोलीलाई २–१ ले विजयी गराए । खेलको अन्त्यतिर वेष्ट ह्यामले गरेको एक गोललाई भि.ए.आर.ले अस्वीकृत गरेपछि वेष्ट ह्यामले खेल बराबरी गर्ने अवसर गुमाएको हो ।

प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरले फुल्हमलाई २–१ ले पराजित गरेको हो । टोटनह्याको लागि होएबर्ग र ह्यारी केनले एक एक गोल गरेको खेलमा फुल्हमका मित्रोभिचले एक गोल फर्काए ।

अर्को खेलमा लिभरपुल र एभर्टनले गोलरहित बराबरी खेल्दा म्यान्चेस्टर सिटी एस्टन भिल्लासँग १–१ गोलको बराबरीमा रोकियो ।

शनिबार राति वुल्भरह्याम्पटन वान्डरर्सले साउथह्याम्प्टनलाई १–० ले हराउँदा बर्नमाउथले नटिङ्घम फरेष्टलाई ३–२ ले तथा ब्रेन्टफोर्डले लिड्स युनाइटेडलाई ५–१ ले पराजित गरे ।

शनिबार रातिका खेलहरूपछि प्रिमियर लिगको अंक तालिकामा ५ खेलबाट १५ अंक जोडेको आर्सनल शिर्ष स्थानमा यथावत छ । एक खेल बढी खेलेका म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर समान १४ अंकको साथ दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् ।