
काठमाडौं । काठमाडौंकाे प्रसिद्ध ईन्द्रजात्राका लागि भक्तपुरको सूर्यविनायकस्थित चित्तपोलको जंगलमा काटिएको लिंगाे आइतबार बसन्तपुर दरबार परिसरमा पुर्याइएको छ ।
केन्द्रीय मानन्धर संघले यही भदौ १३ गते जंगलमा गई काटेको लिंगाे चित्तपोलबाट तानेर काठमाडौंको नगरबाहिरसम्म ल्याएर पुनः साइत बमोजिम नगर प्रवेश गराइएको हो । सोही बमोजिम आइतबार बिहान ७ बजेर २४ मिनेटको साइतमा तानेर असन, ईन्द्रचोक हुँदै हनुमानढोका दरबार अगाडि पुर्याएको हो ।
यहि भदौ १३ गते सोमबार राति काटिएको लिंगाे सोही राति ८ बजेर ९ मिनेटको साइतमा वृक्षकर्तन गरिएको थियो । प्रत्येक वर्ष भाद्र शुक्ल पक्ष द्वादशीका दिनदेखि ध्वजोत्थान गरेर सुरू हुने ईन्द्रजात्रा चौथी अर्थात ईन्द्रध्वज पतनसम्म ८ दिन चल्ने गर्दछ ।
याे वर्ष भदौ २२ गते ईन्द्रध्वज ठड्याउने र २४ गते कुमारी जात्रा गर्ने कार्यक्रम रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्