
काठमाडौं। प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले आइतबार पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिएको छ ।
समितिले आइतबार बिहान ११ बजेदेखि जबरासँग करिब २ घण्टा बयान लिएको हो । समिति सदस्यहरुले बयानलिने क्रममा डीआईजी रञ्जल कोइरालाको फैसलाबारे प्रश्न गरेका थिए । कोइरालाको फैसलामा जबराले क्षमायाचना गर्नुभएको छ ।
श्रीमतीको हत्या अभियोग लागेका कोइराला पूर्वडिआइजी रञ्जन कोइरालाको फैसलामा गल्ति भएको भन्दै उहाँले माफी माग्नुभएको हो । न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार छ ।
न्यायाधीशले मिसिल हेरेर र विवेक प्रयोग गरेको उहाँले उल्लेख गर्नुभयो । नाबालकहरुको पालन पोषणका लागि, पारिवारिक जीवन बिताउन दिइएको भन्दै उहाँले विवेक प्रयोग गरेकै आधारमा महाअभियोग लगाएको हो भने, जनता समक्ष क्षमा माग्दै आफूलाई प्रायश्चित भएको दावी गर्नुभयो ।
गत बुधबार र बिहीबार पनि निलम्बित प्रधानन्यायाधीश जबराले समितिमा बयान दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्