३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


अहिलेको नेतृत्व लक्ष्यविहिन : नेता कोइराला


234
Shares

काठमाडौं ।  जनसम्पर्क समिति बिश्व संजालद्वारा कांग्रेस वरिष्ठ नेता डा शेखर कोइरालाको प्रमुख आतिथ्यतामा समाजवादी चिन्तक एव कांग्रेस नेता स्वर्गीय प्रदीप गिरिको समझनामा शोक सभा गरिएको छ ।

जनसम्पर्क अन्तराष्ट्रिय समवन्य समिति “बिश्व संजाल” ले सेप्टेम्बर ३ , २०२२ तारिक का दिन समाजवादी चिन्तक नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्मृतिमा शोक सभाको आयोजना गरेको हो । संजालका सभापति बिष्णु सूबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि डा शेखर कोइराला र विशेष अतिथि नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह के सी , सहमहामंत्री जीवन परियार, प्रखर बक्ता गुरुराज घिमिरे र देवराज चालीसे हुनुहुन्थ्यो ।

दिवंगत समाजवादी चिन्तक नेता प्रदीप गिरीको फोटोमा पुष्प गुच्छा अर्पण गरी १ मिनेट मौन धारण गरि सुरु गरिएको कार्यक्रममा संजालको उपसभापति नवराज सिवाकोटीले स्वागत मंतब्य राख्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि कोइरालाले प्रदीप गिरी ज्ञानको सागरको रुपमा स्मरण गर्नुभयो । त्याग ज्ञानको भण्डार, सादगी, विलक्षण प्रतिभाका धनी प्रदीप गिरी प्रति श्रद्धा सुमन व्यक्त गर्दै अहिलेको नेतृत्वको लक्ष्यविहिन राजनीतिलाई कसरी गिरीको विचार र सिद्धान्तमा जोडेर लाने त्यो चुनौती छ कोइरालाले उल्लेख गर्नुभयो ।

विपरीत ध्रुवका पार्टीसंगको गठबंधनले दूरगामी रूपमा हाम्रो पार्टी र सिद्धान्तलाई कहाँ पुर्‍याउन छ, गठबन्धन गर्दा १०० संख्या भन्दा कम सीट लिएर गठबन्धन गर्दा पार्टी भित्र विद्रोह सम्भावना रहेको कोईरालाले खुलासा गर्नुभयो । दण्डहिनताको अन्त्य हुने पर्नेमा दोषीले उन्मुक्ति पाउने अवस्था सिर्जना भएको नेता कोईरालाको भनाई थियो । कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता केन्द्रिय सदस्य अर्जुननरसिंहले प्रदीप गिरी सम्पूर्ण रूपले लोकतन्त्रवादी, सम्पूर्ण रूपले समाजवादी र सम्पूर्ण रूपले चिन्तक र स्वतन्त्र विचारक भएको बताउनुभयो । प्रदीप गिरी ज्यू व्यक्ति हैन विचार हुनुहुन्थ्यो केसीले भन्नुभयो ।

कार्यक्रममा प्रखर वक्ता पूर्व केन्द्रीय सदस्य गुरूराज घिमिरेले ज्ञानको सागर प्रदीप गिरी त्याग र विचारको प्रतिमूर्तिको भएकाले उहाँको विचार सदा अमर रहने बताउनुभयो । नेता घिमिरेले अहिले सरकार र नेतृत्व स्वार्थको राजनीतिमा मात्र लिप्त भएको आरोप लगाउनुभयो ।

कार्यकममा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परिवारले प्रदीप गिरी प्रति श्रद्धा सुमन व्यक्त गर्दै नेपाली कांग्रेसका नेता सुवर्ण शम्शेर देखि प्रदीप गिरीको विचारलाई बुझ्नका लागि एक पुस्तकालय वा स्मृति अध्ययन केन्द्र स्थापना गरी यसलाई अगाडी बढाउन बिश्व संजाललाई आग्रह गर्नुभयो। संसार भरि छरिएर रहेका साथीहरुलाई बिश्व संजालको छातामुनि गोलबधं भै आगामी चुनावमा आआफ्नो ठाउबाट पार्टीलाई सहयोग गर्न नेता घिमिरेले अपील गर्नुभयो ।

कार्यक्रममा संजालका संरक्षक हरी पौडेल नेदेरल्याड , धर्मराज अधिकारी जापान , पियुस दाहल अमेरिककाले प्रदीप गिरीको विचार को स्मरण गर्नुभयो । कार्यक्रममा एन आर एनका उपाध्य्क्ष्य बि आर लामा सचिव प्रमोद सिटौलाले प्रदीप गिरीको विचारलाई महत्व दिई बिश्व संजाल ले शोक सभा गरेको मा धन्यबाद व्यक्त गर्नुभयो। बिश्व संजालका क्षेत्रीय सभापति अमेरीकाका टक बहादुर रूवाली, यूरोप संयोजक शेखर कंडेलले प्रदीप गिरीलाई समाजवादको चिन्तन गर्ने व्यक्तिको रुपमा सम्झनुभयो