
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बन्न नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला र उद्योगपति बिनोद चौधरीले एउटै निर्वाचन क्षेत्र रोजेका छन् ।
दुबै जनाले पूर्वी नवलपरासी (नवलपुर) को निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्न आवेदन दिएको नेपाली कांग्रेस जिल्ला सचिव होमराज रानाभाटले जानकारी दिनुभयो । उक्त निर्वाचन क्षेत्रबाट डा. कोइरालाले ३ पटक चुनाव जित्नुभएको छ ।
यसपटक पनि सोही निर्वाचन क्षेत्रबाट चुनाव लड्ने उहाँको तयारी छ । उद्योगपति चौधरीले भने नवलपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट पनि प्रतिनिधिसभा सदस्यमा चुनाव लड्न आवेदन दिएको पार्टी जिल्ला सचिव रानाभाटले जानकारी दिनुभयो ।
नवलपुर जिल्लामा २ निर्वाचन क्षेत्र छन् ।
प्रतिक्रिया दिनुहोस्