
काठमाडौं । निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरको महाअभियोग सिफारिस समितिले बयानको लागि बनाएको विधि परिमार्जन गरेको छ ।
आईतबार समितिले बयान लिने क्रममा नै प्रतिप्रश्न गर्दा समय लामो हुने भएकोले शुरुमा बयान लिने र अन्तिममा एकैपटक आधिकारिकतामा आधारित प्रतिप्रश्न गर्ने विधि बनाएको हो । समितिले आईतबार प्रधानन्यायाधीश जबरासँग तेस्रो दनको बयान लिएको छ ।
आईतबारको बैठकमा एक घण्टामा ५ वटा प्रश्नको बयान लिएर बैठक भदौ २५ गतेलाई बोलाइएको नेपाली काँग्रेसका सांसद एवं महाअभियोग सिफारिस समितिका सदस्य मिन विश्वकर्माले बताउनुभयो ।
सांसद विश्वकर्माले बयानमा प्रधानन्यायाधीश जबराले न्यायका लागि विवेकको ठाउँ दिएको उल्लेख गर्दै पारिवारिक अवस्थालाई हेरेर रञ्जन कोईरालाको सजाय कटौती गरेको बताउनुभएको जानकारी दिनुभयो ।
सांसद विश्वकर्माले समितिको बैठक भदौ २५ गते ढिलो गरेर बोलाउनुको रहस्य निर्वाचनको तयारी र सचिवालयलाई बयानको व्यवस्थापन गर्न लाग्ने समय भएको पनि स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्