
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित छ।
आज (सोमबार) बिहान प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश गण्डकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, बाँकी प्रदेशमा भने आंशिक बदली रहेको छ । त्यस्तै, प्रदेश-१, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा समेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साेमबार राति भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली हुनेछ । साथै बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
त्यस्तै, प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्