
काठमाडाैं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले संघीय सरकारका कारण स्थानीय र प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।
प्रदेश राजधानी हेटौँडामा सोमबार भएको संघीयता सबलिकरण सम्बन्धी छलफलमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । संघीय सरकारको मानसिकतामा परिवर्तन नभएसम्म प्रदेश र स्थानीय सरकारका कामकारबाही प्रभावकारी बन्न नसक्ने बताउनुभएको हो । संघीय सरकारका कारण प्रदेश सरकारले आफ्नो कामको प्रदर्शनलाई देखाउन नसकेको गुनासो गर्नुभयो ।
उहाँले संघीय सरकारले नै प्रदेश र स्थानीय सरकारलाई सबल बनाउन नचाहिरहेको दावी गर्नुभयो । उहाँले संघीयता प्रणाली आफैँमा नकारात्मक नभएको तर केही बुद्धिजीवीले नकारात्मक प्रचार गर्ने काम भएको आरोप लगाउनुभयो ।
उहाँले संघीयता बलियो बनाउन के कस्ता बाधाहरु छन् भन्ने बारेमा मात्रै छलफल चलेको बताउनुभयो। पूर्वमुख्यमन्त्री पौडेलले प्रदेश सरकारले विकास निर्माणको काममा अहिलेसम्म नभएका काम गरेको ठोकुवा गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्